४ फागुन २०७४ मा करिब दुई तिहाइ बहुमत सहित केपी शर्मा ओलीले सरकारकारको नेतृत्व गरेका थिए । कम्युनिस्टको नेतृत्वमा दुई तिहाइको बहुमतमा सरकार बनेको पहिलो पटक नै थियो । त्यतिबेला कम्युनिष्टलाई मात्रै हैन काँग्रेसहरुलाई पनि लागेको थियो ५ बर्ष कम्युनिस्टको सरकार चल्ने छ । राजनीतिक स्थिरता कायम गर्ने छ र विकासका आशालाग्दा कामहरु हुनेछन् । जनताको जीवनममा केहि परिवर्तनका धर्काहरू कोरिने छन् । तर ३ वर्ष ५ महिनापछि त्यहि दुई तिहाइको प्रधानमन्त्री संसदमा विश्वासको मत गुमाउने मात्र होइन, आफ्नै पार्टीका सांसदले भोट नहालीदिएर सरकारबाट वियोगान्त बहिर्गमनको पिडा भोग्न बाध्य भए ।
सरकार संचालन गरेको दुई बर्ष पुगेको दिन गृह जिल्ला झापा गएर ओलीले आफ्नो सरकारका विरुद्ध षड्यन्त्र हुन थालेको आरोप लगाए । जब कि बहुमत भएका ओलीको विरुद्ध षड्यन्त्र गर्न सक्ने प्रतिपक्ष नै थिएन । तर समय यस्तो आयो कि ओलीकै कारण उनी सिंहदरवारको सिंहासनबाट एउटा बालकोटको बार्दलीमा पुगेर आफ्नै मण्डलीहरुका बीचमा स्वर सुकाएर भाषण गर्नुपर्ने अवस्थामा पुगे । सत्ताको सिंहासनबाट निकालिएका ओलीसंग पुरा मन्त्रीमण्डल पनि साथमा भएन ।
टिकाउन सकेनन नेकपा
२०७४ साल असोज १७ गते नेपालको इतिहासमा नयाँ अध्यायको सुरुवाता भएको थियो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मोर्चा बनाएर चुनावमा जाने । तर केहि समयपछि त्यो मोर्चाबाट नयाँ शक्ति बाहिरीयो । तर एमाले र माओवादीको मोर्चा भने चुनाव हुदै पार्टी एकतासम्म पुग्यो । चुनावमा पछि झण्डै दुई तिहाइको सरकार बन्यो । पार्टी एकता पनि भयो । अब कम्युनिस्टले यो देशमा राम्रो काम गरेर अलि धेरै समय टिक्छन भन्ने जनमत तयार हुदै थियो । नेताहरुले त अब १०, २० वर्ष काँग्रेस सरकारमा जान नसक्ने बताएका थिए । तर पार्टी र सरकारको नेतृत्व गरेका केपी ओलीका कारण न पार्टी बच्यो न त सरकार नै । उनले आफ्नो स्वार्थकोलागि एकता गरेका थिए भनेर उनकै पार्टीका नेताहरुले लगाएको आरोप अन्तत: पुष्टि भयो ।
पार्टी एकतालाई उनले सत्तागमनको भर्याङ बनाए । उनको स्वच्छाचारीता पार्टीमा टिक्न नसकेपछि पार्टी नै विभाजन गरे । उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो पूँजी थियो दुई पार्टीबीचको एकता तर त्यहि पूँजी ओलीले आफ्नै कारण गुमाए । उनको कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने र जनताको जीवन परिवर्तन गर्ने कुरा ओठे भक्तिमा सिमिति भएको पुष्टि भयो । ओलीले आफ्नो स्वार्थमा धक्का लाग्न थालेपछि सबै भन्दा पहिला नेकपा विभाजनको तयारीमा लागे । आफुले नसकेपछि अदालतमा सेटिङ गरेको उनका पक्षमा मानिसहरूले हिउँदभरी सडक देखि सदनसम्म फलाक्दै हिडे ।
अन्तत: नेकपा विभाजन भयो । त्यहि दिन ओलीले बालुवाटारमा मिठाइ बाँडे । जीवनमा गरेको राम्रो काम आफैले सधैको लागि नेकपा विभाजन गरेर कलंकको टिका लगाएर विभाजन गरे । यो ओली प्रवृतिको उदय थियो । र ओलीको पराजयको सुरुवात थियो । करीब ७० वर्ष लामो कम्युनिष्ट आन्दोलन र संघर्षबाट पहिलोपटक करीब दुई तिहाइ प्राप्त गरेको नेकपाको बहुमतलाई अन्तत: ओलीले विघटन गरे ।
जनमतको उपहास
झण्डै दुई तिहाइको जनमतलाई वेवास्ता गदै इगो र प्रतिसोधको राजनीति गर्दा आफै सत्ताबाट बेदखल हुनु पर्यो । तर पनि उनले आफ्नो कमि कमजोरी कहिकतै महसुस गरेका छैनन् । जनमतको कदर गरेर त्यो जनमतलाई जोगाउन सकेको भए नेकपा जोगिन्थ्यो । ओलीलाई सबै आफ्नो कारणले भएको भ्रमका कारण उनमा दम्म पलाएको एमालेका एक स्थायी कमिटी सदस्य बताउछन् । ती सदस्यले भने ‘ओलीमा सबै भन्दा ठूलो भ्रम नेकपाको जनमत आफ्नो कारण हो भन्ने छ । जब कि त्यो जनमत कम्युनिस्ट एकताकोलागि थियो । जुन एकता ओलीले भत्काएका छन् ।’
पटक पटक संविधानमाथि ‘कु’
कम्युनिस्ट प्रति जनताको भरोसा थियो । त्यहि भरोसाको परिणाम थियो सरकारमा दुई तिहाइ । तर ओलीले जनताको अभिमतको वेवास्ता गदै दुई पटक संविधानमाथि ‘कु’ गरे । ७० बर्ष भन्दा लामो संघर्षको परिणाम संविधान सभाबाट संविधान बनेको थियो । जब कि यो भन्दा पहिलाका संविधान को राजाबाट जारी हुन्थे त कोहि राजनीति दल र राजाको मिलोमतोमा बनेका थिए । तर जनताबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको संविधान ओलीले दुई पटक कु गरे ।
दुबै पटक ओलीको कदमलाई अदलतले उल्टाई दियो । जनताको , राजनीति दलको त्यागतपस्या र बलिदानीबाट आएको परिवर्तनमाथि ओलीले नै कु गरे । संविधान कार्यन्वय गर्नुको सट्टा त्यहि संविधानको हुर्मत लिने काम गरे । जसका कारण अन्त उनले सत्ता बाट नै हात धुनु पर्यो । अहिले उनी सत्ताच्युत भएका छन् । उनले यदि सहि तरिकाले जनमतको कदर गदै संविधान कार्यन्वयनमा ध्यान दिएको भए उनले पाँच बर्ष सरकार चलाउन पाउथे । तर आफ्नै पार्टी वेवास्ता गदै सरकार चलाउदा अहिले सरकारबाट हात धुनु परेको छ ।
अध्यादेशाट शासन गरे
ओलीले संसदलाई बन्धक बनाएर अध्यादेश ल्याएर सरकार चलाउन थाले । जुन कुरा उनले बह्रीगमनको अन्त्यमा पनि देखियो । उनले संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याए । उनले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र अनेक चलखेलमार्फत आफ्नो र अर्काको पार्टी फुटाउने वा दलभित्र भाँडभैलो सृजना गर्ने प्रयत्न गरे । नेकपाको विभाजन, एमालेको विग्रह र जसपाको फुटमा उनको सत्तास्वार्थ मुख्य कारकतत्व बनेर देखा पर्यो । उनका कारण लोकतन्त्र र निर्वाचित सरकारमाथि पनि आंशका बढ्यो । लोकतन्त्र प्रति नै वितिष्णा फैलाएर सरकारबाट बह्रिगमन भएका छन् ।
लज्जास्पद बिदाइ
सरकार संचालन गरेका केपी ओलीको तीन बर्ष ५ महिना अत्यधिक विवादीत बने । उनले सरकारमा बसेर धेरै ठूलो ठूला कुरा गरेपनि काम भने केहि गर्न सकेनन् । उनले आफ्नो कार्यकालमा चामत्कारिक काम भएको दाबी गरिरहे । आफ्ना उपलब्धि सुनाउन कयौ पटक राष्ट्रका नाममा भद्दा सम्बोधन गरीरहे । जति सम्बोधन गरेपनि उनको भाषणलाई विश्वास गर्नेहरु उनकै भण्डली मात्रै रहे । आम नागरिकले पत्याएनन् ।
उनले संविधान माथि गरेको कु का कारण प्रधानमन्त्रीबाट लज्जास्पद विदाई भएको छ । दुई तिहाइ सांसदको मतबाट प्रधानमन्त्री बनेका ओलीले २७ वैशाखमा ९३ मत पाएका थिए । उनलाई एमालेका सांसदले पनि मत दिएनन । जसको कारण थियो उनले संविधानमाथि गरेको कु । संविधानमा नभएको अधिकार प्रयोग गरेर २ पटक संसद विघटन गरे । जसलाई सर्वोच्च अदालतले दुबै पटक गतल सावित गरी दियो । दोस्रो पटकको संविधानमाथि गरेको कु का कारण अदालतको परमादेशबाट नै ओलीको बियोगान्त बह्रीगमन भएको छ । उनले विधि विधान नमानेको कारण उनलाई अदालतले नै नसियत दिएको देखिन्छ । दुई तिहाइकोको सरकारको प्रमुखले नत सांसदबाट विश्वासको मत पाए । नत अदालतले नै उनले गरेको काम सहि हो भन्यो । उनको यो राजनीति, नैतिक रूपमा नै ठूलो हार हो ।