News Portal

  • क्रियाशील सदस्यता छानविन समितिका सदस्य घिमिरेमाथि हातपात गर्नेलाई कारबाहीको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ साउन
    ७१२ पटक
    भक्तपुर, २ साउन

    प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । उनी माथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन र अनुशासनको कारवाही गर्न देउवाले निर्देशन दिएका हुन् ।

    बालुवाटारमा शनिवार बसेको नेपाली काँग्रेस केन्द्रीय पदाधिकारी बैठकमा सभापति देउवाले उक्त निर्देशन दिएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।‘केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरूसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारबाहीको टुङ्गो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    क्रियाशील सदस्य छानबिन समितिका सदस्य घिमिरेमाथि पूर्व मन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले हातपात गरेका थिए । नेपाली काँग्रेसको क्रियाशील सदस्यबारे चलिरहेको छानबिनमा सिन्धुपाल्चोकको बिबाद समाधान हुन नसकेपछि मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको नेतृत्वमा रहेको ३० जनाको टोलीले घिमिरेमाथि हातपात गरेको थियो ।

    आक्रमणकारी श्रेष्ठ १३ औँ महाधिवेशनमा सिन्धुपाल्चोक जिल्ला सभापतिका लागि पराजित उम्मेदवार हुन् भने बस्नेत नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा निकट नेता हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...