News Portal

  • दक्षिण कोरियामा कोरोनाको चौंथो लहर

    भक्तपुरपोस्ट संवाददाता६ साउन २०७८
    ५१६ पटक
    ६ साउन २०७८

    कोरोना भाइरस कोभिड-१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएकाे बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सियोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ

    यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७ सय ८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकैपटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् ।

    यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड संक्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।

    योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ८२ हजार ७ सय २२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको हो ।

    अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ संक्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

    यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मंगलबार देखिएका यी संक्रमितहरुमा आधाभन्दा बढी राजधानी सियाेलकै रहेका पाइएको छ ।

    कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...