News Portal

  • नेकपा एमाले केन्द्रमा फुट्यो, प्रदेशमा जुट्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ भदौ २०७८
    ५८० पटक
    भक्तपुर, २ भदौ २०७८

    नेकपा एमालेको लामो बिबाद पार्टी विभाजनसम्म पुगेको छ । वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी गठन भएको हो ।

    सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले आधिकारीक रुपमा फुटेर बुधबार दुई टुक्रा बन्न पुग्यो । नेपाल समूहले एमाले केन्द्रीय कमिटीको २० प्रतिशत संख्या भन्दा बढीको समर्थनमा दल विभाजन गरेको हो । यद्यपी, निर्वाचन आयोगले यसलाई बैधानिकता दिन भने बाँकी नै छ ।

    यसअघि माधव नेपाल पक्षमा रहेका एमालेका प्रभावशाली भनिएका नेताहरु भने नेपालको नयाँ पार्टीमा समावेश भएनन् । त्यतिमात्र होइन, एमाले बिबादमा नेपाल पक्षबाट बागमती प्रदेश मुख्यमन्त्री बन्ने चर्चा चलेकी नेत्री अष्टलक्ष्मी शाक्य नाटकीय रुपले केपी ओली पक्षमै रहेर सजिलै मुख्यमन्त्री बन्न पुगेकी छन् ।

    केन्द्रमा एमाले फुटेर दुई दलमा विभाजन हुँदा बागमती प्रदेशमा भने एमालेले शाक्यलाई मुख्यमन्त्री पद उपहार दिएर एकता जोगाएको देखिन्छ ।

    नेपाल पक्षले साथ छोड्दा केन्द्र र अन्य प्रदेशमा समेत एमालेले सत्ता गुमाएकोबाट पाठ सिकेर बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले शाक्यलाई पद हस्तान्तरण गरेका हुन् ।

    ओली एउटाको रिसले पार्टी टुक्राउन नहुने आफूले भनेपनि वरिष्ठ नेता नेपालले त्यो नमानेको उनले बताइन ।

    यी हुन् एमाले समाजवादीका ९५ केन्द्रीय सदस्यहरुः

    १. माधवकुमार नेपाल, २. झलनाथ खनाल, ३. मुकुन्द न्यौपाने, ४. प्रदीप नेपाल, ५. डा. बेदुराम भुसाल, ६. प्रमेशकुमार हमाल, ७. राजेन्द्रप्रसाद पाण्डे, ८. डा. विजयकुमार पौडेल, ९. डा. गंगालाल तुलाधर, १०. प्रकाश ज्वाला, ११. नागेन्द्रप्रसाद चौधरी, १२. जयन्ती राई, १३. तुलबहादुर गुरुङ, १४. जगन्नाथ खतिवडा, १५. प्रतापलाल श्रेष्ठ, १६. जीवनराम श्रेष्ठ, १७. धर्मनाथप्रसाद साह, १८. रामप्रित पासवान, १९. रामचन्द्र यादव, २०. यदुवंश झा, २१. रत्नेश्वर गोइत यादव, २२. श्रीप्रसाद साह, २३. रविन्द्र बैठा धोवी, २४. लक्ष्मण पौडेल, २५. मदनकुमारी शाह (गरिमा), २६. देवशंकर पौडेल, २७. विरोध खतिवडा, २८. मेटमणि चौधरी, २९. विश्वनाथ प्याकुरेल, ३०. प्रेमलकुमार खनाल, ३१. विजय गुरुङ, ३२. सावित्रा भुसाल, ३३. रामकुमारी झाँक्री, ३४. गौरा प्रसाईं कोइराला, ३५. रामकुमार ज्ञवाली, ३६. खगेन्द्र चुडाल, ३७. सरलाकुमारी यादव, ३८. सुधिरप्रसाद साह, ३९. कल्याणीकुमारी खड्का, ४०. शत्रुधन महतो, ४१. रामचन्द्र साह, ४२. दिनेशकुमार राई, ४३. हंशबहादुर शाही, ४४. शेरबहादुर केसी, ४५. निरादेवी जैरु, ४६. प्रेमबहादुर आले, ४७. भागवत नेपाली, ४८. चुडामणि वि.क. जंगली, ४९. घनेन्द्र बस्नेत, ५०. राजेन्द्रकुमार राई, ५१. बलदेव चौधरी, ५२. डा. देउमान सम्बाहाम्फे, ५३. भाष्कर काफ्ले, ५४. कृष्णप्रसाद खनाल, ५५. रविन कोइराला, ५६. महम्मद महफुज अन्सारी, ५७. केशवलाल श्रेष्ठ, ५८. नरेश खरेल, ५९. भानुभक्त जैसी, ६०. चन्द्रबहादुर शाही, ६१. दिलकुमारी पन्त, ६२. बलराम बास्कोटा, ६३. बसन्तप्रसाद मानन्धर, ६४. महेश रेग्मी, ६५. श्रीनाथ बराल, ६६. सारदाप्रसाद सुवेदी, ६७. गोविन्द कोइराला (बाँके), ६८. सुरेश कार्की (उदयपुर), ६९. पुरुषोत्तम पौडेल (बारा), ७०. उर्वादत्त पन्त (कञ्चनपुर), ७१. दलबहादुर सुनार (बाँके), ७२. गणेश काङमाङ (पाँचथर), ७३. प्रभा बज्राचार्य (काठमाडौं), ७४. मुनु सिग्देल (मकवानपुर), ७५. उषा पोखरेल (सप्तरी), ७६. रमा आले मगर (काठमाडौँ), ७७. रिता रावल (जाजरकोट), ७८. माया भट्ट (वैतडी), ७९. पूर्णा जोशी (डोटी), ८०. कृष्णा राई, ८१. विद्या चामलिङ (मोरङ), ८२. रेखा थापा बश्याल (तनहुँ), ८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङजा), ८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा), ८५. अनारकली मियाँ (दाङ), ८६. देवी ओली (रुकुम), ८७. नन्दा शर्मा चपाईं (सुरखेत), ८८. दुर्गा परियार (उदयपुर), ८९. कौशिला सिंह (बर्दिया), ९०. यमुना भुसाल (अर्घाखाँची), ९१. उदया शर्मा (काठमाडौ), ९२. आशा यादव (सिराहा), ९३. गोमा विष्ट (मकवानपुर), ९४. सीता बस्याल (चितवन), ९५. विभा कार्की (पर्सा)

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...