News Portal

  • ओलीलाई ‘पेले’ भन्ने पूर्वमन्त्री श्रेष्ठले राखे नेपालको नयाँ नाम, प्रचण्डबारे पनि कटु बचन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ भदौ २०७८
    ८६४ पटक
    भक्तपुर, ६ भदौ २०७८

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीलाई फुटबल खेलाडी पेले सँग तुलना गरेर दिएको अभिव्यक्ती खुबै चर्चामा आएको थियो । ओलीलाई पेले भन्ने श्रेष्ठले एमाले फुटाउँने माधव नेपाललाई पनि नयाँ नाम दिएका छन् ।

    एमाले विभाजन गरेर नयाँ पार्टी खोल्ने माधव नेपाललाई पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले ‘बिषालु सर्प’को उपमा दिएका छन् । एमाले फुटाएको भन्दै माधव नेपाल सँग आक्रोसीत भएका श्रेष्ठले विषालु सर्प भन्दै माधव नेपाल माथी खनिएका हुन् । श्रेष्ठले नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालप्रति मात्र नभई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति पनि कटु वचन प्रयोग गर्दै अभिव्यक्ति दिएका छन् ।

    काठमाडौं, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उदघाटनमा बोल्दै श्रेष्ठले प्रचण्डलाई मान्छे नमारी भातसमेत नरुच्ने मान्छे भन्न भ्याए । उनले प्रचण्डबारे भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्वीकार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

    श्रेष्ठले माधव नेपाललाई ‘विषालु सर्प’ को संज्ञा दिए । उनले विषालु सर्प बाहिरिएकाले अब एमाले शुद्ध हुने बताए । विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त रुपमा बढ्छ । पार्टीका कतिपय कार्यालयहरु माधव नेपाल पक्षले हडप्न खोजेको भन्दै आलोचना गरे । उनले माधव नेपाल समूहलाई ‘दुष्टहरुको झुण्ड’को संज्ञा दिएका छन् ।

    नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र श्रेष्ठले केपी ओलीाई फुटबलको पेल जस्तै हो कोही माइकलाल छ हटाउँन सक्ने? भन्दै बोलेको कुराले बजार तताएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...