काठमाडौं महानगरपालिका वडा न. १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षको उमेरमा बिहीवार अपराह्न उनको असामयिक निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएसंगै नर्भिक अस्तालमा उपचाररत श्रेष्ठको अस्पतालमै अपराह्न निधन भएको बताइएको छ । उनको निधनमा शोक व्यक्त गर्दै महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने जनाएको छ ।
नेपाली काँग्रेसको तर्फबाट निर्वाचित श्रेष्ठ स्थानीय माझ लोकप्रिय थिए । उनका श्रीमती एक छोरा र तीन छोरी छन् ।उनको पार्थिव शरीर शुक्रवार विहान ९ बजेबाट १९ वडा समितिको प्राङ्गणमा राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काँग्रेस १९ इकाइ समितिले जनाएको छ ।