News Portal

  • प्रधान सेनापति पूर्णचन्द्रले दिए खुकुरी उपहार : नगर प्रमुख प्रजापतिद्वारा नेपाली सेनाको प्रशंसा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० भदौ २०७८
    १०१६ पटक
    sunil prajapatiभक्तपुर, २० भदौ २०७८

    नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ ।

    कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उनकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना र स्थानीय तहहरुबीचको सहकार्य अविस्मरणीय रहेको बताएका थिए । भक्तपुरको रानीपोखरी जीर्णोद्धारमा नेपाली सेनाले सहयोग गर्न पाएकोमा समेत उनले खुशी व्यक्त गरे ।

    नेपाली सेना र उपत्यकाका महानगरपालिका र नगरपालिकाहरुसँगको समन्वयले सार्वजनिक महत्वका धेरै कामहरुमा सफलता हासिल भएको उनको भनाइ छ । नेपाली सेनाको मुख्य उद्देश्य भनेकै राष्ट्रको सेवा गर्ने रहेको बताउदै उनले आगामी दिनमा समेत स्थानीय तहहरुसँगको समन्वय र सहकार्यले विभिन्न गतिविधिहरु सञ्चालन गर्न सहजता प्रदान हुने बिश्वास व्यक्त गरे ।

    सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी जीर्णोद्धार र सिद्धपोखरीको उत्तरतर्फको खेल मैदान स्थानीयको खेलकुद प्रयोजनका लागि खुल्ला गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेखनीय रहेको बताउदै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताएका थिए ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले महारथी थापालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल, जुजु धौ र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरु उपहारको रुपमा दिएका थिए । सोही क्रममा उपरथी थापाले नगर प्रमुखहरुलाई नेपाली सेनाको खुकुरी मायाको चिनोको रुपमा प्रदान गरे ।

    यही भाद्र २४ गतेदेखि अवकाश प्राप्त गर्दैछन । सेनाको नियमानुसार एक महिना अघिदेखि बिदामा बस्नु पर्ने भएकाले हाल उनी बिदामा बसेका छन् ।

    भेटमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ललितपुर नपा वडा नं. १८ का वडाध्यक्षको उपस्थिति रहेका थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...