News Portal

  • सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ भदौ २०७८
    १२१३ पटक
    भक्तपुर, २९ भदौ २०७८

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको छ । मंगलवार सेन्टर फर लिगल रिसर्च एण्ड रिसोर्स डेभलप्मेन्ट(सेलर्ड) को आयोजनामा भक्तपुरका सञ्चारकर्मीहरुका लागि १ दिने अभिमुखीकरण तालिम दिइएको हो ।

    ‘सुरक्षाका लागि साथ– साथ परियोजना’ अन्तर्गत संचालित सो तालिमले सञ्चारर्मीहरुलाई मानव बेचबिखन र बाल अधिकार संरक्षणका विषयमा जानकारी प्राप्त हुने र र पीडितको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने आयोजक संस्था सेलर्डले जनाएको छ ।

    सेलर्डका कोषाध्यक्ष समेत रहेका काठमाडौं स्कूल अफ ल का सह प्राध्यापक कपिल अर्यालले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा सञ्चारर्मीहरुले गर्ने रिपोर्ट अधिकारकर्मीहरुले उठाउने आवाजभन्दा बलियो हुने बताउँदै सो रिपोर्ट विषयबस्तुको गहिराइमा पुगेर गरिनुपर्ने आवश्यकता औल्याए ।

    मानव बेचबिखन तथा ओसारपसारको अवधारणा, कानूनी व्यवस्था र अन्तर सम्बन्धको विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका अर्यालले बेचबिखनमा पर्ने सबै अशिक्षित नहुने उदाहरण पेश गर्दै शिक्षित व्यक्तिहरु समेत बेचबिखनमा पर्ने गरेका प्रष्ट पारे ।

    मानब बेचविखनको कानुनी व्यवस्थाले पीडितलाई आकर्षित गर्न नसकेको कारण पीडकहरुलाई कडा कारवाही नहुने गरेको उनको भनाइ छ । सह प्राध्यापक अर्यालले नेपालका बाल गृहहरु नै बालअधिकार हननको केन्द्र बनिरहेको प्रति पनि सञ्चारकर्मी सचेत हुनुपर्ने बताए । उनले बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाएर शहरमा ल्याउने र बाल संरक्षणका आवरणमा बेचबिखन, दुर्व्यवहार र हिंसा हुने गरेको तथ्य पेश गरे । बाल अधिकारका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने भएपनि त्यसलाई कम महत्व दिइएको अनुभव साट्दै सह प्राध्यापक अर्यालले सञ्चारकर्मीले यी विषयमा संवेदनशील भएर समाज, सरकार र सरोकारवालालाई सचेत पार्न सुझाव समेत दिए ।

    कार्यक्रममा अर्का अधिकारकर्मी एवं अधिवक्ता सुकदेव सापकोटाले सञ्चारकर्मीले पीडित केन्द्रीत समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पीडितको न्यायको पक्षमा उभिन प्रेरित गर्दै उनले ‘कोही नहुनेका लागि सञ्चारकर्मी हुने’ भन्ने विश्वासको बातावरण बनाउनुपर्ने बताए । पीडित केन्द्रीत न्याय व्यवस्था र त्यसको कार्यान्वयन विधि, बाल संरक्षण सम्बन्धी अवधारणा र मूलभूत कानूनी व्यवस्था, पीडित केन्द्रीत समाचार सम्प्रेषणबारे उनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    अधिवक्ता सापकोटाले मावन बेचबिखन, मानव तस्करी, ओसारपसारजस्ता विषय गहन र मानव अधिकारसँग जोडिएकाले सोबारेमा समाचार सम्प्रेषणको क्रममा संवेदनशीलता अपनाउनुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले पीडितलाई न्याय दिलाउन कानुनमा कडाइ गरेर मात्र नपुग्ने बताए । कानुन कार्यान्वयनको पक्षमा अनेक कमजोरी रहेको र सामाजिक लाज,डर, धाकधम्की र आर्थिक अभावका कारण पीडितले न्याय पाउन कठिन रहेको पाइएको बताए । पत्रकारिताले पीडितको न्यायको लागि आवाज उठाएपनि धेरैजसो मुद्दा क्षतीपूर्ती भराउनेमा केन्द्रीत हुँदा पीडकलाई उन्मुक्ति मिल्ने गरेको उनको तर्क छ ।

    उक्त अवसरमा सचिव संजीप घिमिरेले सञ्चारकर्मीले समाचार संप्रेषण गर्दा पीडितको गोपनीयता भंग गर्नु नहुनेमा जोड दिंदै पीडितलाई नै पीडित गराउने गरी समाचारको नाममा सनसनी फैलाउनु नहुने बताए ।

    आयोजक संस्था सेलर्डका प्रतिनिधि अधिवक्ता जमुना पसछेंले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष अमर भुजु, उपाध्यक्ष लिला श्रेष्ठ त्यसैगरी कार्यसमिति सदस्यहरु राम गोपाल तमखु,हरिसुन्दर छुकां,संजीव दुलाल, अग्रज पत्रकार मणिराम लामिछाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सूर्यविनायक ४ गाम्चास्थित दरवार रिसोर्टमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...