News Portal

  • पार्टी एकता गर्नु गल्ती थिएन : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ पुस २०७८
    ९४२ पटक
    भक्तपुर, ११ पुस २०७८

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् ।

    आइतबार पार्टी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन् ।

    शुभकामना दिन आएका बिभिन्न पार्टीका प्रमुख र प्रतिनिधिहरुबाट व्यक्त बिचारले महाधिवेशनमा बहसको शुरुवात भैसकेको उनको भनाइ छ । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो ।

    प्रधानमन्त्री देउवाले संविधानसभाबाट संविधान निर्माण हुनुमा प्रचण्डको भूमिका प्रमुख रहेको भन्दै दिएको अभिव्यक्ति ‘महत्वपूर्ण’ रहेको भन्दै प्रचण्डले देउवाले समय समयमा निकै गम्भीर र अर्थपूर्ण अभिव्यक्ति दिने गरेको स्मरण गरे ।

    महाधिवेशनलाई सबैले चासोपूर्वक हेरिरहेका भन्दै अध्यक्ष प्रचण्डले महाधिवेशनमा गम्भीर आत्मसमीक्षा हुने र नयाँ क्रान्तिकारी पार्टी बनेर निस्कने अठोट गरे ।

    प्रचण्डले राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै समीक्षा आफ्नैबारे गरेको बताए। ‘प्रतिवेदनमा सबैभन्दा आत्मसीक्षा मैले मेरै गरेको छु,’ उनले भने, ‘मैले आफैंलाई चिरफार गरेको छु ।’

    प्रचण्डले नेकपा एकता गलत नभएको भन्दै कहाँ कमजोरी भयो भनेर समीक्षा गर्न समेत एमालेलाई आग्रह गरे । उनले भने, ‘फेरि एकचोटी आत्म समीक्षा गरौं कहाँ कमजोरी भयो । हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं ।

    उनले नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको भन्ने भनाइलाई समर्थन गर्दै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताएका छन ।

    प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

    उनले छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै सबैप्रति आभार प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...