News Portal

  • प्रचण्डद्वारा प्रस्तुत २१ औं शताब्दीमा समाजवादको नेपाली बाटोमा मंगलवार दिनभर छलफल हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ पुस २०७८
    ५८६ पटक
    भक्तपुर, १२ पुस २०७८

    नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबारबाट बन्द सत्र सुरु भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्प कमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

    अध्यक्ष प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गरेपछि पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत् भएको प्रचार प्रसार उपसमितिले जनाएको छ । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज अध्यक्ष प्रचण्डले २ घण्टा १५ मिनेट समय लगाएर बन्द सत्रमा प्रस्तुत गरेका प्रचार उप समितिका सदस्य  विष्णु सापकोटा जुगलले जानकारी गराए ।दस्तावेजमा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव भएको जिकिर गरेका छन् ।ससक्त जनवर्गीय सङ्गठन निर्माणमा जोड दिदै सिंगो पार्टी पङ्क्ति नै जनता संग जोडिएर व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने आधार दस्तावेजमा उल्लेख गरिएको बताइएको छ।

    त्यसैगरी देवप्रसाद गुरुङबाट  प्रस्तुत  बिधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

    बन्द सत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत् विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको र मंगलवार दिनभर छलफल हुने प्रचार प्रसार उपसमितिले बताएको छ ।

    प्रचार प्रसार उपसमितिले जनाए अनुसार समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी देहायबमोजिम तोकिएको छ ।
    समूह १
    सहभागी ः जेष्ठ कम्युनिष्ट मञ्च
    छलफलको स्थान ः प्रज्ञा भवनको सभालको मुख्य भाग
    समन्वयको जिम्मेवारी ः एनके प्रसाई
    समूह २ र ३
    सहभागी ः सल्लाहकारहरु
    छलफलको स्थान ः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
    समन्वयको जिम्मेवारी ः नन्दकुमार थापा
    समूह ४ र ५
    सहभागी ः प्रदेश नं. १ का प्रतिनिधिहरु
    छलफलको स्थान ः भानुभक्त हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी ः हर्क नेम्वाङ
    समूह ६ र ७
    सहभागी ः प्रदेश नं. २ का प्रतिनिधिहरु
    छलफलको स्थान ः पारिजात हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी ः गणेश साह
    समूह ८ र ९
    सहभागी ः लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः सिद्धिचरण हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी ः चक्रपाणी खनाल
    समूह १० र ११
    सहभागी ः गण्डकी प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः पार्टी कार्यालय, पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी ः गायत्री गुरुङ
    समूह १२
    सहभागी ः प्रवास प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः पार्टी कार्यालय पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी ः लक्ष्मण पन्त
    समूह १३ र १४
    सहभागी ः कर्णाली प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः एवान पार्टी प्यालेस
    संयोजन गर्ने जिम्मेवारी ः विमला केसी
    समूह १५ र १६
    सहभागी ः सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः एवान पार्टी प्यालेस
    समन्वय गर्ने जिम्मेवारी ः खगराज भट्ट
    समूह १७ र १८
    सहभागी ः सम्पूर्ण विभागका प्रतिनिधिहरु
    छलफलको स्थान ः क्वालिटी बैंकट, बुद्धनगर
    समन्वय गर्ने जिम्मवारी ः मायाप्रसाद शर्मा
    समूह १९
    सहभागी ः उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः क्वालिटी बैंकट, बुद्धनगर
    समन्वय गर्ने जिम्मेवारी ः जगत सिंखडा
    समूह २० र २१
    सहभागी ः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
    समन्वय गर्ने जिम्मेवारी ः कृष्ण अधिकारी
    समूह २२ र २३
    सहभागी ः बागमति प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान ः काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी ः सरल सहयात्री
    समूह २४
    सहभागी ः आयोगका सदस्यहरु
    छलफलको स्थान ः काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी ः विष्णुपुकार श्रेष्ठ
    समूह २५
    सहभागी ः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
    छलफल गर्ने स्थान ः काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी ः अमृता थापामगर

    केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने व्यवस्था गरिएको छ । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने अधिकार प्रदान गरिएको छ ।

    मंगलबार दिनभर समूहगत छलफल हुने र बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । बुधबार विहानको कार्यक्रम भने नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुने जानकारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...