News Portal

  • दुर्गा प्रसाईलाई कारवाही गर्न पत्रकार महासंघको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ माघ २०७८
    १४३९ पटक
    भक्तपुर, २१ माघ २०७८

    झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै प्रसाई उपर कडा कारवाहीको माग गरेको हो ।

    कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न बुधवार बोलाएको पत्रकार सम्मेलनमा पत्रकारिताको बद्नाम गर्नुका साथै पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका महासंघ झापा शाखालाई उत्घृत गर्दै महासचिव रोशन पुरीले जनाएका छन् ।

    कुनै पनि सञ्चारमाध्यममा संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ । यसलाई बेवास्ता गर्दै अस्पताल जस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ ।

    ”महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।” बिज्ञप्तिमा भनिएको छ ।

    fnj

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...