News Portal

  • कार्यकर्ताको मूल्यांकन बिधि बनाउदै छौं : अध्यक्ष सहयात्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन २०७८
    १२३२ पटक
    भक्तपुर, ८ फागुन २०७८

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यकर्ताको सहि मूल्यांकन बिधि बनाउदै गरेको खुलासा गरेका छन् । पार्टीमा काम गर्ने र नगर्ने बीच सकारात्मक विभेद हुनुपर्ने भन्दै उनले त्यसका लागि सहि मूल्यांकन बिधि बनाउदै गरेको खुलासा गरेका हुन् ।

    ”एउटा कमरेड लगातार पार्टीको काममा खटिनुहुन्छ तर अर्को कमरेड पद वा अवसर पाउने बेलामा मात्र आफ्नो कामको फेहरिस्त लिएर आउनुहुन्छ ।” सोमबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोश्रो पूर्ण बैठकलाई पेरिसडाडामा सम्बोधन गर्दै अध्यक्ष सहयात्रीले भने, यस्तोमा मूल्यांकन बिधिले कामको दस्तावेजीकरण गर्छ र काम गर्नेलाई न्याय गर्छ ।”

    बागमती प्रदेश समितिले मूल्यांकन बिधि बनाइरहेको बताए पनि उनले त्यसलाई प्रदेश समिति बाट पारित गरी ब्यापक छलफल पछि मात्र कार्यान्वयनमा लैजाने जानकारी गराए ।

    पार्टीका जनसंगठनहरु बीच समन्वय नहुँदा आपसी सम्बन्ध बन्न नसकेको र काम गर्न गाह्रो भएको उनको भनाइ छ ।” घाइते अपाङ्गको जनसंगठन उपचार खोज्दै भौतारिएको छ । स्वास्थ्यकर्मीहरुको संगठन त्यस्ता मानिस पाए उपचार गरिदिन्छौं भन्दै खोज्दै हिडेको छ । तर, आफ्नै दुइ जनसंगठन बीच भेट हुन सकेको छैन ।” अध्यक्ष सहयात्रीले चिन्ता व्यक्त गरे । आफ्नो कार्यकालमा जनसंगठनहरुलाई महत्वका साथ् लिदै एक अर्काको परिपुरकको रुपमा अघि बढाइने समेत उनले प्रतिवद्धता प्रकट गरे ।

    अध्यक्ष सहयात्रीले आफ्नो पार्टीमा अरु पार्टीका भन्दा धेरै कार्यकर्ता हुँदा पनि जनतासम्म पार्टीका सहि गतिविधि पुग्न नसकेको प्रति दु:ख व्यक्त गरे । जनयुद्धबाट आएको पार्टीको जनाधार कमजोर हुनु चिन्ताको विषय भएको भन्दै उनले यसमा नेताकार्यकर्ताहरुले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र जनयुद्धमा जस्तै जनविश्वास जित्नुपर्ने आवश्यकता औल्याए ।

    बागमती प्रदेशमा स्थानीय तहको निर्वाचन जित्न आवश्यक तयारी थालिएको भन्दै अध्यक्ष सहयात्रीले त्यसका लागि पार्टीको सहि प्रचार गरिदिन प्रेस सेन्टरको भूमिका माथि पनि प्रकाश पारेका थिए ।

    बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले आफूहरु पालिका स्तरमा संगठन बिस्तार गर्ने पत्रकारहरुको पहिलो संगठन भएको भन्दै यसलाई अझ बिस्तार गर्दै वडा सम्म लैजान निर्देशन दिए ।

    अध्यक्ष सापकोटाले उपत्यका प्रदेशसंग संगठन र पार्टीको समेत बढी अपेक्षा भएकोले थप जिम्मेवारी पूर्वक प्रचारको मोर्चामा लाग्नुपर्नेमा जोड दिएका थिए ।

    प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव जमिन राइले गरेका थिए भने उक्त अवसरमा प्रेस सेन्टरका केन्द्रीय नेताहरु कमल गिरी,मनोज घर्तीमगर,उपेश महर्जन,ज्ञान पौडेल लगायतले आवश्यक मार्गनिर्देशन दिएका थिए । बैठकले प्रदेश समितिका बिभिन्न विभागहरु गठन गर्दै त्यसको नेतृत्व चयन गरेको उपाध्यक्ष सागर पन्तले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...