News Portal

  • अन्ततः विप्लव नेतृत्वको नेकपा पनि विभाजित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ बैशाख २०७९
    ७२२ पटक
    भक्तपुर, १४ बैशाख २०७९

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगो जसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि पार्टी विभाजनमा पुगेको हो ।

    नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख नेताहरु हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कन्चन त्यसका विरुद्धमा उभिएका थिए । विप्लवले संसदीय व्यवस्थातिरै ढल्किएर पहिलो चरणमा स्थानीय निर्वाचनको उपयोग गर्ने कार्यनीति ल्याएपछि सुदर्शन र कन्चनले विरोध जनाएका थिए । सुदर्शन र कन्चनले आफ्नो प्रस्तावको विरोध गरेपछि रिसाएका विप्लवले उनीहरुमाथि आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए । विप्लवले लगाएको आर्थिक हिनामिनाको आरोपलाई लत्याउँदै सुदर्शन र कन्चनले भने त्यसलाई विप्लवको वैचारिक विचलन र धोकाका रुपमा अर्थ्याए । सोही आधारमा उनीहरुले विभिन्न मिडियामा विप्लवका विरुद्ध अन्तर्वार्ता दिँदै हिडेका थिए ।

    सुदर्शन र कन्चनले त्यसरी मिडियावाजी गर्न थालेपछि झनै रिसाएका विप्लवले बुधवार बिहान कपिलवस्तुको शिवगढीमा आफू पक्षका नेताहरु खडगबहादुर विश्वकर्मा र सन्तोष बुढामगरलाई बसालेर उनीहरुमाथि कारवाही गरेका छन् । विप्लवले सुदर्शन र कन्चनलाई पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन् । उनले उनीहरुले फुटपरस्त गतिविधि गरेको आरोप लगाएका छन् । प्रचण्ड नेतृत्वको पार्टीबाट किरण नेतृत्वमा विभाजित पार्टीलाई पुन: विप्लवले एकीकृत जनक्रान्ति गर्ने भन्दै फुटालेका थिए । यो बीच जनक्रान्तिको नाममा एक दर्जन बढी मानिसहरुले ज्यान समेत गुमाएका छन् । तर, पार्टी एक ढिक्का रहन भने सकेन ।

    महासचिव विप्लवले बुधबार नै एक बिज्ञप्ति जारी गर्दै दुई नेतामाथि कारवाही गरेको घोषणा गरेका छन् ।

    यस्तो छ विप्लवको विज्ञप्ति ः

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...