News Portal

  • ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १३ जेठ २०७९
    ५३३ पटक
    काठमाडौं, १३ जेठ २०७९

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध ४ अग्रज पत्रकारहरु पुरस्कृत भएका छन् । जनपक्षीय पत्रकारिताको क्षेत्रमा उचाई बनाउन सफल अग्रज पत्रकारहरु महेश्वर दाहाल, गोविन्द आचार्य, वलराम थापा र लक्ष्मी पुन पुरस्कृत भएका हुन् ।

    शुक्रवार सहिद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट दाहाल र आचार्य तथा पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट वलराम थापा र लक्ष्मी पुनलाई पुरस्कृत गरिएको हो । पुरस्कार दुई भएपनि अघिल्लो वर्ष कोभिडका कारण रोकिएको पुरस्कार समेत यसै वर्ष दिइँदा ४ जनाले पाएका प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी गराए ।

    प्रेस सेन्टर नेपाल र अखिल नेपाल जनसास्कृतिक महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पुरस्कृत चारै जना पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले सहिद कृष्ण सेन पद प्रति आसक्ति नभएका एक क्रान्तिकारी जनपक्षीय पत्रकार भएका भन्दै उनीबाट सिक्नुपर्ने कुराहरु धेरै भएका स्मरण गरे । अध्यक्ष प्रचण्डले पार्टी हैसियतका आधारमा नभई विचार र निष्ठाका आधारमा उनको व्यक्तित्व अरुको भन्दा उचो रहेको स्मरण गर्दै सेनको शहादतबाट पार्टीलाई अपूरणीय क्षती भएको बताए ।

    कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारको राशी ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो।

    जनसास्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले गरेका थिए । सो अवसरमा प्रा.डा गोपिन्द्र पौडेल, पत्रकार गोविन्द आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिता तथा प्रगतिवादी साँस्कृतिक आन्दोलनमा उनले पुर्याएको योगदानबारे चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्नु नै उनीप्रति सच्चा श्रद्धान्जली हुनेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...