News Portal

  • अपहरणको नाटक गरी आफ्नै परिवारसँग फिरौती माग

    भक्तपुर संवाददाताभक्तपुर ,७ असार २०७९
    ४०९ पटक
    भक्तपुर ,७ असार २०७९

    अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती मागेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी, राजगढ गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उनी असार १ गते घर परिवारलाई रकम पठाउन जान्छु भनी डेरा कोठाबाट हिँडेका थिए । घरबाट हिँडेका उनी एक्कासि मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए । खोज गर्दा उनी फेला नपरेपछि प्रहरीमा खोजीका लागि आफन्तले निवेदन दिएका थिए । असार २ गते उनले प्रयोग गर्ने सामाजिक सञ्जाल इमोबाट परिवारलाई कृष्णकुमार शर्मालाई अपहरण गरेको र  बीस लाख फिरौती रकम दिएमा अपहरण मुक्त गरिदिने सन्देश आएको प्रहरीले जनाएको छ ।

    महानगरीय अपराध महाशाखाले घटनाबारे मोरङ प्रहरीको समन्वयमा अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा घर परिवारलाई डर–त्रास देखाई दबाब दिन नियोजितरूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुलेको छ ।

    उनलाई आइतबार विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्र्याइँ कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...