News Portal

  • घुस लेनदेनमा मुछिए न्यायाधीश, प्रधानन्यायाधीशले बोलाए न्यायपरिषदको आकस्मिक बैठक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८ असार २०७९
    ३०५ पटक
    भक्तपुर,८ असार २०७९

    कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । २ करोड घुस लेनदेनको डीलसम्बन्धी डीलको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।

    सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्नका लागि १० करोड रुपैयाँ धरौटीमा रिहा गर्ने र त्यसबापत २ करोड घुस लिएर बाँडफाँड गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्र पोखरेलबीच भएको संवाद सार्वजनिक भएको थियो ।

    ठगी मुद्दामा पक्राउ परेका सिभिल सहकारीका सञ्चालक तामाङलाई थुनछेक बहसपछि १० करोड धरौटी लिएर रिहा गर्ने र २ करोड रुपैयाँ घुस लिएर बाँडफाँड गर्ने विषयमा कुराकानी भएको अडियो बाहिरिए पछि कारवाही गर्ने विषयमा छलफल गर्न न्याय परिषद्को बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...