धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो।
भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।