News Portal

  • ६५ वर्ष पुग्यो वायु सेवा निगम

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १७ २०७९
    ६०२ पटक
    भक्तपुर, असार १७ २०७९

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ वर्ष पुगेको छ।

    सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डीसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइड बडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेका छन्।

    निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ।

    निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ। निगमकी प्रवक्ता अर्चना खड्काले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा यस पटक सामान्य कार्यक्रम मात्र गर्न लागेको जानकारी दिएका छन्।

    ६४ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ। निगमको ऋण दायित्व करिब ४७ अर्ब रुपैयाँ पुगेको बताएका छन्। वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो।

    विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्धनले उकास्न खोजेको बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।...

    मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री...

    रहेनन भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी

    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज...

    राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले...