News Portal

  • आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १८ असार २०७९
    ४३८ पटक
    भक्तपुर, १८ असार २०७९

    मोरङमा शुक्रबार राति श्रीमानले श्रीमतीलाई आगो लगाएर हत्या भएको छ ।

    शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वkडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    शुक्रवार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीय श्रीमती बबिता मल्लिकालाई मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए। घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा आज बिहान मृत्यु भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...