News Portal

  • आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाउँदै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ असार २०७९
    २२४ पटक
    भक्तपुर, २५ असार २०७९

    जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ । जापानको नारा सहरमा आयोजित चुनावी सभामा भाषण गर्दैगर्दा उनीमाथि हिजो गोली प्रहार भएको थियो ।

    हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । नेपाल सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै आबेको परिवार र जापानी नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ । छिमेकी देश भारतले पनि आबेको निधनमा आज राष्ट्रिय शोक मनाउँदैछ ।

    आबेले जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए। ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...