News Portal

  • रोटरी क्लव अफ गोंगवुले गर्यो वृक्षारोपण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ असार २०७९
    १८७८ पटक
    भक्तपुर, २५ असार २०७९

    काठमाडौंको रोटरी क्लव अफ गोंगवुले शनिबा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षारोपण गरेको हो ।

    वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिइन् ।

    ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै ५० वटा विभिन्न जातका विरुवा रोपेको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा स्थानीय यूवाहरुको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...