News Portal

  • गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्न प्रतिवद्ध छुःप्रचण्ड

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२८ असार २०७९
    ४२० पटक
    भक्तपुर,२८ असार २०७९

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    मंगलबार निवास खुमलटार आएका गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई भेट्‍दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।उनले भने, ‘गैरआवासीय नेपालीहरुको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिवद्ध छौं।’भेटमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले उक्त विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न पहलका लागि समेत अनुरोध गरेका थिए ।

    भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणी सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...