नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।
नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।
आज संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छन् । यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गरेकी छन् ।