News Portal

  • काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ साउन २०७९
    ३६६ पटक
    भक्तपुर, ३ साउन २०७९

    काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...