नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा।बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो।
भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो ।
भेटपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै विषयमा छलफल भएको बताए। नेता भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको प्रचण्डको भनाइ छ ।