चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका(२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल पक्राउ परेका हुन् ।
भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।