News Portal

  • दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ साउन २०७९
    ४१२ पटक
    भक्तपुर, ८ साउन २०७९

    वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज २ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो ।

    बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

    बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेको हो । दुवै जनाले घटनामा आफूहरुको संलग्नता अस्वीकार गर्दै बालिकाको लडेर मृत्यु भएको दाबी गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...