News Portal

  • श्रीमानद्धारा श्रीमतीको हत्या, हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    ३७२ पटक
    भक्तपुर, ९ साउन २०७९

    चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छन् ।

    भरतपुर महानगरपालिका १० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरेको हत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे १० बजे आफ्नै घरमा धारिलो हतियारले हानेर उनले श्रीमतीको हत्या गरेका हुन् ।

    श्रीमतीको हत्या गरी भाग्ने क्रममा घरको तीन तलाबाट हाम फाल्दा कृष्णप्रसादको पनि ज्यान गएको प्रहरीले जनाएको छ । तीन तलाबाट हामफाल्दा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...