News Portal

  • सवारी चालकको लागूऔषध चेकजाँच सुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ साउन २०७९
    ३१६ पटक
    भक्तपुर, ११ साउन २०७९

    काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरे वा नगरेको जाँच गर्न थालेको हो ।

    प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । उक्त अभियान निरन्तर सञ्चालन गरिने कार्यालय जानकारी दिएको छ । कार्यालयका प्रवक्ता वरिष्ठ प्ररही उपरीक्षक राजेन्द्र भट्ट दैनिकजसो कहिले ट्रपर, बस र अन्य सवारीलाई केन्द्रित गरेर नमुनाका रुपमा परीक्षण गर्न थालिएको बताए ।

    शंकास्पद चालकहरुको पिसाबमार्फत लागूपदार्थ सेवनको जाँच हुने गरेको छ । गाँजादेखि सबै खालका लागू औषधको सेवनलाई जाँचबाट पत्ता लाग्नेछ । ट्राफिक प्रहरीले अहिलेसम्म मादक पदार्थ सेवनको मात्रै जाँच गर्दै आएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...