News Portal

  • काठमाडौंमा राँगोले आतंक मच्चाएपछि गोली हानेर मारियो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ४६४ पटक
    भक्तपुर,१३ साउन २०७९

    नेपालगन्जबाट काठमाडौं ल्याइएको राँगोले आतंक मच्चाएपछि गोली प्रहार गरी मारिएको छ । नेपालगन्जबाट शुक्रबार बिहान काठमाडौं ल्याइएको राँगो थानकोटमा झार्ने क्रममा भागेको थियो ।

    सडकबाट भागेको राँगो बस्तीमा प्रवेश गरेको, प्रहरीसहितको टोलीले नियन्त्रणमा लिने प्रयास गर्दासमेत नियन्त्रणमा लिन नसकेपछि गोली प्रहार गरिएको थियो । बस्तीमा प्रवेश गरेको राँगो अनियन्त्रित भएर भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको प्रहरी प्रभाग नागढुंगाका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले पनि गोली हानेर राँगो नियन्त्रणमा लिनुपरेको बताए ।

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...