प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा बताएपछि सांसदहरुले प्रश्न गरिरहेका छन् । यस क्रममा नेकपा एमालेका सांसदहरुले पत्रमा के छ भनी प्रश्न गरेका हुन् ।
एमाले सांसद भीम रावलले अमेरिकालाई पठाएको पत्रको प्रतिलिपी नै माग गरे । एमालेकै सांसद शिवमाया तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने बताए ।