News Portal

  • नेकका ४८ जना इन्जिनियरहरुलाई गरियो विदाई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १५ साउन २०७९
    ५१८ पटक
    भक्तपुर, १५ साउन २०७९

    नेपाल इन्जिनियरिङ कलेज ९नेक० दुवाकोट भक्तपुरले ४८ जना इन्जिनियरहरुलाई विदाई गरेको छ । कलेजमा सिभिल एण्ड रुरलको पढाई पूरा गरेका उनीहरुलाई शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विदाई दिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका वोर्ड सदस्य इन्जिनियर होमनाथ पोखरेलले काउन्सिलले इन्जिनियरिङ क्षेत्रको गिर्दो शाखलाई जोगाउने काम थालेको बताए । त्यसका लागि मेडिकलमा जस्तै इन्जिनियरहरुलाई पनि काउन्सिल परीक्षा लिने र परीक्षा पास गरेकालाई मात्रै लाइसेन्स दिएर काम गर्न लगाउने योजना सुनाए । यसबाट इन्जिनियरिङ क्षेत्रमा राम्रो विद्यार्थी मात्रै रहने भएकोले इन्जिनियरिङ क्षेत्रको शाख वढ्ने भनाई उनले राखे । उनले जाँंच अवको एक महिनाभित्र नै हुने जनाए । राष्ट्रपतिज्यूबाट आज भोलि नै यसका लागि लालमोहर लगाउने कार्यक्रम रहेको छ, उनले भने, लालमोहर लागेको एक महिनाभित्र जाँंच हुन्छ । यसका लागि तयारी भइरहेको उनले जनाए । उनका अनुसार वार्षिक अहिले करिव आठ हजार नयाँं इन्जिनियर उत्पादन हुने गरेको छ ।

    नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा।डा। हरिकृष्ण श्रेष्ठले कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थी कलेजको ब्राण्ड एम्वेडर हुने बताए । यसकारण कलेजको नाम राख्ने गरी राम्रो काम गर्न उनले विद्यार्थीलाई निर्देशन दिए । इन्जिनियरिङ पास हुनु भनेको पहिलो खुडकिलो पार गर्नु हो, उनले भने, अव पनि तपाईहरुले नियमित रुपमा अर्को खुडकिलो पार गर्दै जानुपर्छ ।

    कार्यक्रममा कलेजका एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराई, विद्यार्थी कल्याण शाखाका प्रमुख एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ, प्राफेसर गणेश अधिकारी, कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्टका प्रमुख सुनिल श्रेष्ठलगायतले कलेजमा सिकेको ज्ञानलाई अब फिल्डमा सदुपयोग गर्न निर्देशन दिए । कार्यक्रममा विद्यार्थीहरुकोतर्फबाट आदित्य थापा र निरज ढुंगानाले कलेज अध्ययनको साढे चार वर्षको अनुभब सुनाए । कार्यक्रममा मेकानिकल अवार्ड र स्ट्रक्चर अवार्ड पनि वितरण गरिएको थियो । कार्यक्रम कलेजका डिपार्टमेन्ट अफ सिभिल एण्ड रुरलले आयोजना गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...