News Portal

  • त्रिविको सेवा आयोग बाहिर अनेरास्ववियुको प्रदर्शन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ४८८ पटक
    भक्तपुर,१५ साउन २०७९

    प्राध्यापक र सह(प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ ।

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम ठप्प छ । आइतबार अनेरास्ववियूका विद्यार्थीले सेवा आयोगको समस्या वार्ताद्वारा समाधान गर्न र तत्काल ताला खोल्न माग गर्दै प्रदर्शन गरेको हो । अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले सेवा आयोगमा ताला लाग्दा प्राध्यापक र सहप्राध्यापकको पूर्वनिर्धारित परीक्षा सञ्चालनको माग गर्दै प्रदर्शन गरेको बताए ।

    नेविसंघले सेवा आयोगले त्रिविलाई एमालेको भर्ती केन्द्र बनाउन खोजेको आरोप लगाउँदै पूर्वनिर्धारित परीक्षा स्थगित नगरेसम्म आयोगका अध्यक्ष लालुप्रसाद पौडेललाई कार्यालय प्रवेश गर्न नदिने भन्दै साउन १३ गते तालाबन्दी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...