News Portal

  • काभ्रेस्थली घटनाः श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१६ साउन २०७९
    ६२७ पटक
    भक्तपुर,१६ साउन २०७९

    काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्,श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले बताए।

    श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्थामा र श्रीमानको शव अर्को कोठामा देखिएकाले पनि श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रमुख महर्जनको भनाइ छ । त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिरहेका छन् ।

    श्रीमती दुई दिनपछि युके जाने तयारीमा रहेको स्थानीयहरूले बताएको उनको भनाइ छ। थप अनुसन्धानपछि नै घटनाबारे थाहा लाग्ने उनले बताए।उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...