News Portal

  • सप्तकोशी प्रभावितले गाउँ छोड्न थालेपछि उद्धार र राहतमा कुनै कमी हुन नदिनेःगृहमन्त्री खाणको निर्देशन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१८ साउन २०७९
    ५९५ पटक
    भक्तपुर,१८ साउन २०७९

    सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् ।

    बाढी बस्तीमा पस्न थालेपछि उदयपुर बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका छन्। आज बिहान ४ बजेदेखि नदीले कटान गर्न थालेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। उदयपुर परराष्ट्रमन्त्री डा.नारायण खड्काको गृह जिल्ला पनि हो र गृहमन्त्री खाणले सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री खड्कासँग पनि छलफल गरेका छन्।

    कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ भने अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक ठाउँ र आफन्तकोमा पठाउने काम भइरहेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार, अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको विपद् व्यवस्थापन टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।

    नगरपालिकाले दुई दिन ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना प्रवाह गरेको पनि मेयर अशोक कार्कीले बताए । अहिलेको अवस्थामा नदीले धेरै परिर्वतन गरेमा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने अनुमान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...