News Portal

  • मोटरसाइकल पल्टिँदा बर्दियामा एकजनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२३ साउन २०७९
    १६८ पटक
    भक्तपुर,२३ साउन २०७९

    बर्दियामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    मधुवन नगरपालिका–४, मख्खन चोकान गए राति करिब पौने १२ बजे भे१२प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार मधुवन–४, बेलुवाकी २७ वर्षीया सोनिया थारुको उपचारका क्रममा गुलरियास्थित बर्दिया अस्पतालमा राति पौने १ बजे मृत्यु भएको जनाइएको छ ।

    मोटरसाइकल चालकलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...