News Portal

  • सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२८ साउन २०७९
    २१२ पटक
    भक्तपुर,२८ साउन २०७९

    रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन् भने सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ जना सुरक्षाकर्मी सवार रहेकोे बताइएको छ ।

    घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर बोलाइएको जनाइएको छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डीएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...