गोरखाको पालुङटार नगरपालिका– ५ चिसापानीमा एक युवकको शव फेला परेको छ । ३५ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।
उनका अनुसार गएराति करिब १२ बजे प्रहरीमा सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरीले विकलाई आँपपिपलस्थित हर्मी अस्पताल पुर्याएका थिए। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले उनीहरुको पहिचान भने खुलाएको छैन।