News Portal

  • बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ भदौ २०७९
    ६३० पटक
    भक्तपुर,२ भदौ २०७९

    उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो।

    सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ। धादिङको धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले गएराति भएको सहमति अनुसारका विषयमा छलफल गर्न सर्वदलीय बैठक जानकारी दिएका छन्।

    बिहीबार बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा स्थानीय बासिन्दाको आन्दोलन र सहमतिका बुँदा कार्यान्वयन सम्बन्धमा छलफल हुने जानकारी दिए। बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ।

    पाँच घण्टा लामो छलफलपछि भएको सहमतिसँगै फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ तर स्थानीयले आन्दोलन फिर्ता लिएका छैन ।सहमतिबारे आधिकारिक जानकारी आएपछि मात्रै आन्दोलन रोक्ने धुनीबेसी नगरपालिका– १ का नेपाली कांग्रेसका नेता पूर्णसिंह तामाङले बताएका छन्।

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...