News Portal

  • बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ भदौ २०७९
    ३७५ पटक
    भक्तपुर,२ भदौ २०७९

    रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी)दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान चन्द्रपुरको लच्कामा ठोक्किएका हुन्।

    घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै गोडामा चोट लागेको छ र उपचारका लागि वीरगञ्ज लगिएको छ। बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...