नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले व्यंग्य गरेका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात प्रमाणीकरण गरेकी थिइन्।
उनले भने , ‘राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसकेको छ । दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन।’
यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चारवटा समिति छाडे लेखा समिति दिन सक्नेसमेत बताए।