नेकपा माओवादी केन्द्रले फेरि पनि पदाधिकारी टुंग्गो लगाउन असफल भएको छ । शुक्रवार विहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारी टुंग्गो लगाउने भनिएपनि पदाधिकारी टुग्गो लगेन । आज पदाधिकारी टुंग्याउने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको हो ।
आजको बैठक निर्वाचन केन्द्रीत रहेर छलफल भएको माओवादीका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णवहादुर महराले जानकारी दिए । आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको उनले जानकारी दिए ।
भोलि १ बजे पुन स्थायी समिति बैठक बस्ने महराको भनाई छ ।