News Portal

  • माओवादी केन्द्रले टुंगो लगायो पार्टी पदाधिकारी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ भदौ २०७९
    ५०८ पटक
    भक्तपुर, ४ भदौ २०७९

    नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी टुंगो लगाएको छ । स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पदाधिकारी सर्वसम्मत पास भए भएको हो ।                   पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको एक सहभागीले जानकारी दिएका हुन् ।
    पार्टीको पदाधिकारीमा सर्वाधिक चर्चामा रहेको महासचिव पदमा नेता देवप्रसाद गुरुङले बाजि मारेका छन् । वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरलाई पछि पार्दै उनी महासचिव बन्न सफल भएका हुन् ।                                                      हेर्नुस् माओवादी केन्द्रका पदाधिकारी विवरण
    १. अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
    २. वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ
    ३. उपाध्यक्ष: कृष्णबहादुर महरा
    ४. महासचिव: देवप्रसाद गुरुङ
    ५. उपमहासचिवहरू: गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव।
    ६. सचिवहरू: दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की
    ७. कोषाध्यक्ष: श्रीराम ढकाल।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...