News Portal

  • मापसे गरेर सवारी चलाउने पाँच स्कुल बसका चालकमाथि कारवाही

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,५ भदौ २०७९
    ५०९ पटक
    भक्तपुर,५ भदौ २०७९

    काठमाण्डौ उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मापद पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन् ।

    बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन ईण्डियन स्कुल, चुच्चेपाटी स्थित मनास्लु स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

    यस्तै, अवस्था ठिक नभएका सवारी चलाउने २९ र सिटबेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...