विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं।को ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा दुर्घटना भएको छ ।
सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।
‘प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकियो’, रिमालले भने, ‘मानवीय क्षति हुनबाट जोगियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।