News Portal

  • एमालेसंग तालमेल गर्ने कुरा नभएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष पौडेलको प्रष्टोक्ति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ भदौ २०७९
    ५५६ पटक
    भक्तपुर, १२ भदौ २०७९

    नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशममा कार्यरत केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको बैठकमा  ‘काँग्रेसले भाउ खोजे एमालेसंग तालमेल’ गर्ने अभिव्यक्ति नदिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले प्रष्ट पारेका छन् । एक दैनिक पत्रिकाको अनलाइन संस्करणमा उक्त शिर्षकमा आइतबार समाचार प्रकाशन भएपछि सहयात्रीले समाचार गलत भएको प्रष्ट पारेका हुन् ।

    बागमती प्रदेश अध्यक्ष सहयात्रीले उक्त सञ्चार संस्थाले क्लिक बिट पत्रकारिता गरेको आरोप लगाएका छन् । आधिकारिकता नलिई बिषयलाई बंग्याएर टिआरपिको लोभ गर्दा स्वयं सञ्चार संस्थाकै गरिमाको कद होचो भएको उनको भनाइ छ । उनले विषयलाई हल्काफुल्का र मनगढन्ते बनाउन नहुनेमा जोड दिदै सञ्चार संस्थाले आफ्नो  गरिमा र विश्वसनीयता कायम राख्नु पर्ने सुझाव दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठक आइतबार ललितपुरको सानेपामा सम्पन्न भएको हो । प्रदेश अध्यक्ष सहयात्रीले जनाए अनुसार आइतबार बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन भित्र रहेका बामपन्थीहरु स्वभाविक लेफ्ट आईडोलोजिकल पक्ष भएकोले चारदल एकपक्ष जस्तो हुने र कंग्रेस अर्को पक्ष जस्तो भएर गठबन्धनलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका थिए । केन्द्रीय गठबन्धनको मर्मलाई आत्मसात गर्दै चुनावी मोर्चामा एकतावद्ध भएर लाग्न अध्यक्ष प्रचण्डले निर्देशन दिएका सहयात्रीले जानकारी गराए ।

    उक्त कार्यक्रममा सहभागी भक्तपुरका नेता एवं नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले पनि अध्यक्ष प्रचण्डले गठबन्धन बिरोधि अभिव्यक्ति नदिएको दावी गरे । उनले गलत मनसायले वा गलत सूचनालाई  आधार मानेर समाचार प्रेषित भएको हुनसक्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...