काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।
नियम उल्लंघन बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।