News Portal

  • कपनको आगलागीमा मृत्यु हुने तीनजनाको सनाखत

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,६ असोज २०७९
    ४४५ पटक
    भक्तपुर,६ असोज २०७९

    काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ।

    गएराति बुढानिलकण्ठ नगरपालिका(११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

    उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागी हुँदा १ जना घाइते भएका छन्। घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...