News Portal

  • मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको सनाखत

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ६०१ पटक
    भक्तपुर,७ असोज २०७९

    मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो ।

    मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन । दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...