News Portal

  • प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    भक्तपुर, ९ असोज २०७९
    २९४ पटक
    rojinaभक्तपुर, ९ असोज २०७९

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई पदोन्नती गरेको छ । सचिव पदमा रहेकी उनी बिस्तारित बैठकबाट महासचिव चयन भएकी हुन् ।

    शनिवार काठमाडौमा सम्पन्न प्रदेश समितिको बिस्तारित बैठकले थापालाई महासचिवमा सर्वसम्मत चयन गरेको अध्यक्ष नवराज दाहालले बताए । बैठकले रिक्त पदाधिकारी पदपूर्ती गरेको बताउदै अध्यक्ष दाहालले महासचिव थापा संगै सचिवमा सरिता थापा र बिक्रम रत्न त्यसैगरी कोषाध्यक्षमा नेत्रप्रसाद न्यौपाने र सदस्यमा उषा काफ्लेलाई समेत सर्वसम्मत चयन गरेको जानकारी गराए । काठमाडौ,ललितपुर र भक्तपुर जिल्ला समेटिएको उपत्यका प्रदेश समिति ४१ सदस्यीय रहेको अध्यक्ष दाहालले जानकारी दिएका छन् ।

    बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका इन्चार्ज एवं पार्टीका पोलिटब्युरो सदस्य महेश्वर दाहालले माओवादी केन्द्र नै देशको सच्चा र क्रान्तिकारी पार्टी भएको भन्दै यसमाथि फ़िजाइएका भ्रमहरु चिरेर ययार्थ जनता समक्ष प्रस्तुत गर्नुपर्ने दायित्व पत्रकारले पूरा गर्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले राजनीतिक बैचारिक प्राविधिक र पेशागत रुपमा पत्रकारलाई दक्ष र योग्य बनाउन योजनाहरु अघि सार्ने उल्लेख गर्दै वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनको रक्षा गर्नुपर्ने दायित्व पूरा गर्न आफूहरु परिवर्तन बिरोधी विरुद्ध बछ्यु बनेर जाइलाग्ने बताए  ।

    बैठकलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल पौडेल सहयात्रीले तत्कालिन जनमुक्ति सेनाको भूमिका पत्रकारले पूरा गर्नुपर्ने प्रष्ट पारे । कलमलाई बन्दुक झैँ शक्तिशाली नबनाई परिवर्तनको रक्षा हुन नसक्ने अवस्था आएको खुलासा गर्दै अध्यक्ष सहयात्रीले त्यसको लागि प्रेस सेन्टरले नेतृत्व गर्नुपर्ने बताए ।

    उक्त अवसरमा प्रेस सेन्टरका बरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवं उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, उपाध्यक्ष मनोज घर्तीमगर र रुबी श्रेष्ठ त्यसैगरी महासचिव सन्तोष पौडेल लगायतले प्रेस सेन्टरको औचित्व र महत्व माथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...